बर्दिबास घटनाका पीडित परिवारलाई जनही २ लाख ५० हजारका दरले राहत उपलब्ध गराउने ।

मंसिर ११ गते,विराटनगर –  महोत्तरीको बर्दिबासमा मृतक बालिका र गोली लागेर ज्यान गुमाएका दुवै घटनाका पीडित परिवारलाई बर्दिबास नगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । पीडित परिवारलाई जनही २ लाख ५० हजारका दरले राहत उपलब्ध गराउने नगरपालिकाले निर्णय गरेको हो ।

बर्दिबास नगरपालिकाले पत्रकार सम्मेलन गरेर गोली लागेर मृत्यु भएका परिवारका एक जना सदस्यलाई क्षमताको आधारमा रोजगारीसमेत उपलब्ध गराउने बताएको छ ।

Sushmita Shah_Abadainik

आइतबार साँझदेखि हराइरहेकी ६ वर्षीय बालिका गुलाब्सा खातुनको शव सोमबार मध्यराती फेला परेको थियो । बालिकाको हत्याको विरोधमा प्रदर्शनका उत्रिएका बर्दिबास– १ का ४२ वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको प्रहरीले चलाएको गोली लागेर उपचारको क्रममा ज्यान गएको थियो ।

दुवै घटनालाई सत्यतथ्य एवम् निष्पक्ष छानविन गर्न न्यायिक आयोग गठन सरकारसँग माग गरिएको छ । बालिका हत्या र गोली लागेर मृत्यु भएका दुवै घटनामा दोषी ठहरिनेलाई हदैसम्मको कारवाहीको माग गरेको छ ।

‘मृतक बुद्धिराज(सञ्जय) न्यौपानेलाई शहिद घोषणा तथा दुवै परिवारलाई राहत क्षतिपूर्ति एवं घाइतेको निःशुल्क उपचारका लागि सरकारसँग जोडदार माग गर्दछु,’ बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्की जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘घटनामा दोषी उपर कानूनी कारवाही गर्न स्थानीय सरकार, जनप्रतिनिधि, राजनैतिक दल, नागरिक समाज सबै क्रियाशिल एवंम प्रतिबद्ध छ ।’

‘आवेगद्वारा होइन्, विवेक र धैर्यताद्वारा वास्तविकतामा पुग्न र अनावश्यक टिप्पणी, लान्छाना र आरोपबाट माथि उठेर तथ्यमा आधारित भई आफ्ना विषयहरु सबैले व्यक्त गर्नुपर्छ,’प्रेस विज्ञप्तिमा मेयर कार्कीले भनेका छन्,‘विषम परिस्थिमा संयम अपनाई दोषी उपर कानूनी कार्वाही गरी पीडितलाई न्याय उपलब्ध गराउने कार्यमा सहयोग गरिदिन सबैमा अपिल गर्दुछु ।’
घटनामा घाइते भएका श्याम कार्की र अफताब आलमको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *