मंसिर १२ गते,गुल्मी – गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जीपमा सवारे २ जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार बिहान गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर–४ को हुल भन्ने स्थानमा इस्माबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार ९ जना मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापा रहेका छन् ।
दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् ।े जीप चालक बुद्ध बस्नेत भने सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।
दुर्घटनामा परेको जीप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । चालक र सहचालकलाई इस्मा प्रहरीले नियन्त्रणमा लिएको छ ।
Comments