मंसिर १२ गते,विराटनगर – कोरोना संक्रमणका कारण मोरङमा सुत्केरी महिलाको मृत्यु भएको छ ।
मोरङको रतुवामाई नगरपालिका-१० घर भएकी २५ वर्षीय १७ दिनकी सुत्केरी महिलाको बिहीबार राति ११ बजेतिर नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
श्वास फेर्न गाह्रो भएपछि १० मंसिरमा महिलालाई नोबेलमा भर्ना गरिएको थियो । उपचारका क्रममा मिर्गौलामा खराबी र निमोनिया देखिएको थियो ।
झापाको दमकस्थित आम्दा अस्पतालमा कात्तिक २५ गते शल्यक्रिया मार्फत छोरी जन्माएकी उनको शल्यक्रियापछि आमा र बच्चा दुवैको अवस्था सामान्य थियो ।
चार दिनपछि श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकल कलेजमा भर्ना गरिइको थियो । विराटमा पीसीआर परिक्षण गर्दा उनमा कात्तिक ३० गते कोरोना पोजेटिभ देखिएको थियो ।
विराटमा पाँच दिनको उपचारपछि होम आइसोलेसनमा बस्ने भन्दै घर लगिएको थियो । तर घरमा बस्दा अवस्था सुधार नभएपछि आफन्तले बुधबार नोबेलमा भर्ना गराएका थिए ।
Comments