चिनियाँ रक्षामन्त्री वेइ फेङ्हो आइतबार नेपाल आउदै ।

मंसिर १३ गते, विराटनगर –   चीनका रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौं आउने भएका छन्।

परराष्ट्र मन्त्रालयले शनिबार बिहान जारी गरेको विज्ञप्तिअनुसार नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा रक्षामन्त्री फेङ्हेको भ्रमण हुन लागेको र यसले आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी गर्न नृपाल आउन लागेका हुन्।

Sushmita Shah_Abadainik

भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

छिमेकी राष्ट्र भारतका विदेश सचिव हर्षवद्र्धन श्रृंगला काठमाडौंबाट फर्केको दुई दिनपछि उत्तरी छिमेक चीनका राष्ट्रपति सी जिनपिङका विश्वास पात्रसमेत रहेका रक्षा मन्त्री वेई नेपाल आउन लागेका हुन् ।

उनी आइतबार साँझ नै फर्कनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *