नेकपा को सचिवालय बैठक बालुवाटारमा जारी ।

मंसिर १३ गते, विराटनगर –  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ ।
दश दिनपछि सचिवालय बैठक बालुवाटारमा बसेको हो ।

Sushmita Shah_Abadainik

आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ प्रस्ताव पेस गर्दैछन् ।
गएको कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल प्रस्ताव पेस गरेका थिए । प्रचण्डको प्रस्तावमा उठाइएको प्रश्नहरुको जवाफ ओलीले आजको बैठकमा पेस गर्न लागेका हुन्।

प्रचण्डले पेस गरेको १९ पृष्ठको प्रतिवेदनप्रति असन्तुष्ट ओलीले त्यसको जवाफ दिने भन्दै दश दिनको समय मागेका थिए । नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ र केन्द्रीय कमिटी बैठक मंसिर २५ मा बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *