नेपाल उद्योग वाणिज्य महासंघको मतदान जारी,जिल्लानगरतर्फ शतप्रतिशत मतदान सम्पन्न।

मंसिर १३ गते, विराटनगर – उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्न आज मतदान भइरहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको मतदान सकिएको छ । शनिबार महासंघको वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । महासंघमा देशभरका १०५ वटा जिल्लारनगर उद्योग वाणिज्य संघहरु सदस्य छन् । जिल्लानगरतर्फ शतप्रतिशत मतदान भएको छ ।
महासंघको चुनावमा जिल्ला नगरतर्फको मतभार ५० प्रतिशत हुन्छ ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको निर्वाचनमा यो पद अहिले सर्वाधिक महत्वपूर्ण हो ।

Sushmita Shah_Abadainik
ढकाल एशोसिएट सदस्य भएकाले कार्की व्याङ्केटबाट र प्रधान बस्तुगत समूहको सदस्य भएकाले महासंघको केन्द्रीय कार्यालय टेकुबाट मतदान गर्दैछन् । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ ।

कमलादीमा उद्योग वाणिज्य समूह, बबरमहलमा एशोसिएट सदस्य समूह र टेकुमा बस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइएको छ । कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ ।

महासंघका दुई केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदहरुमा चुनाव भइरहेको छ ।

जिल्ला नगरतर्फका १ जना उपाध्यक्ष पदमा महासंघको लुम्बिनी प्रदेशका अध्यक्ष गुणनिधि तिवारी र बाग्मती प्रदेशका दिनेश श्रेष्ठ भिडेका छन् ।
श्रेष्ठ यसअघि काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष र महासंघको वस्तुगत तर्फको उपाध्यक्ष भइसकेका छन् । उनी प्रधान प्यानलबाट उम्मेद्वार बनेका हुन् ।
ढकाल प्यानलबाट उम्मेदवार बनेका तिवारी पनि जिल्ला नगरमा परिचित व्यवसायी हुन् । महासंघको कार्यसमितिमा जिल्ला नगरतर्फबाट चयन हुने १८ केन्द्रीय सदस्यमा ३८ जना भिडेका छन् ।

महासंघको ५४ औं साधारणसभा मंसिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट देखि उद्घाटन गरेसंगै शुरु भएको हो ।

गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण पटक–पटक स्थगित भएको थियो ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *