मंसिर १५ गते,विराटनगर – नेपाली बजारमा सुनको भाउ दैनिक ओरालो लागिरहेका बेला आज पनि सुनको भाउ प्रतितोला सात सय रुपैयाँले घटेको छ ।
आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ सोमबार ९० हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको भाउ अघिल्लो दिनको तुलनामा ६५० रुपैयाँले सस्तो भई तेजाबी सुनको भाउ ८९ हजार ५५० रुपैयाँमा कारोवार भइरहेको छ ।
यस्तै सोमबार चाँदीको भाउमा पनि प्रतितोला ३० रुपैयाँको गिरावट आएको छ । जस अनुसार आज चाँदी प्रतितोला ११ सय २० रुपैयाँमा कारोवार भइरहेको छ ।
Comments