अछाममा बस दुर्घटना हुँदा एकजनाको मृत्यु,१७ जना घाइते ।

मंसिर १५ गते,विराटनगर –  अछाममा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनगढी आउँदै गरेको ना४ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका-७ मार्कुमा दुर्घटना भएको हो ।

बस साँपे-चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खस्दा भएको दुर्घटनामा अछामकै साँफेबगर नगरपालिका-३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । गम्भिर घाइते उनको उपचारका लागि बयालपाटा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sushmita Shah_Abadainik

दुर्घटनामा थप १७ जना घाइते भएका छन् । घाइतेहरू सबैको बलयपाटा अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यान्त्रिक खराबी हुँदा बस दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *