मंसिर १६ गते,विराटनगर – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज मंगलबार दिउँसो १ बजे बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका बेग्लाबेग्लै लिखित प्रस्तावमाथि छलफल हुन लागेको सचिवालय श्रोतले जनाएको छ ।
गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचना गर्दै १७ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए।
प्रचण्डको उक्त प्रस्तावमा ओलीले शनिबारको सचिवालय बैठकमा ३७ पृष्ठ लामो जवाफी प्रतिवेदन पेश गरिसकेका छन्। जसको अध्ययन गर्न भन्दै सचिवालय सदस्यहरुलाई आजसम्मको समय दिइएको थियो।
ओलीले प्रतिवेदनमा उठाएका विषयबारे प्रचण्डले पनि लिखित रुपमा नै जवाफ दिन अर्को पूरक प्रतिवेदनको तयारी गरेका छन् तर उक्त प्रस्ताव सचिवालय समितिको बैठकमा कि स्थायी समितिमा पेस गर्ने भन्नृ वारे अझै टुंगो लागेको छैन ।
पछिल्लो कात्तिक मसान्तदेखि नै अध्यक्षद्वय ओली र प्रचण्डबीच सम्बन्ध चिसिएको छ।
Comments