मंसिर १६ गते,अछाम – उच्च रक्तस्रावको समयमै उपचार नपाउदा अछामको तुर्माखाद गाउँपालिका–४ की ३८ वर्षीया नामसरा विकको जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ ।
जिल्ला अस्पताल अछामका डा। अतुल भारद्वाजका अनुसार सोमबार मध्याह्न १२ बजेपछि सुत्केरी व्यथा लागेकी निजको अत्यधिक रक्तस्राव भएको र विकले समयमै उपचार नपाएका कारण मृत्यु भएको हो ।
उनको गर्भमा रहेको बच्चाको पनि पेटमै मुत्यु भएको र मृत शिशु जन्मेको तीन घण्टापछि उनको रक्तस्राव नरोकिँदा मृत्यु भएको अस्पतालले जनाएको छ ।
Comments