मंसिर १६ गते,काठमाडौं – जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भिडभाड हुने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ ।
जिप्रका काठमाडौंले मंगलबार सूचना जारी गर्दै कोभिड–१९ महामारी अझै नियन्त्रणमा नआइसकेको र भिडभाड गर्दा महामारीले भयावह रुप लिन सक्ने भन्दै यस समयमा सभा, जुलुस, प्रदर्शन वा अभियानको नाममा भिडभाड गर्नेलाई कारबाही गरिने जनाएको छ ।
राजनीतिक वा अन्य माग राखेर भिडभाड गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार कारबाही गरिने सुचनामा उल्लेख गरिएको छ ।
Comments