माहुरीको टोकाइबाट गर्भवती महिलाको मृत्यु ।

मंसिर १७ गते,सप्तरी –  सप्तरीमा माहुरीको टोकाइबाट एकजना गर्भवती महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका १ रुपनी बजार निवासी २४ वर्षीया रमिला यादव रहेकी छिन् ।

Sushmita Shah_Abadainik

मंगलबार दिउँसो घरदेखि झण्डै ५ सय मिटर पश्चिम शम्भुनाथ नगरपालिका १ खोक्सरस्थित आफ्नो खेतमा गई फर्कने क्रममा उनलाई एकै पटक माहुरीको हुलनै आई टोक्दा उनी सिकिस्त भएकी थिइन ।
उनको मुख, घाँटी र छातीमा टोकेका थिए ।

माहुरीको टोकाइबाट सिकिस्त भएकी उनलाई उपचारका लागि स्थानीय युनिक अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ ।

मृतक महिला ६ महिनाकी गर्भवती थिइन् । उनको ५ वर्षका एउटा छोरासमेत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *