हप्ताको दुई दिन मात्र स्वाब संकलन गरिने ।

मंसिर १७ गते,ईलाम – दैनिक कोरोना सङ्क्रमितको दर बढिरहेको इलाममा कोरोना परीक्षण भने हप्ताको दुई दिन मात्रै गरिने भएको छ ।

ईलाम स्वास्थ्य कार्यालयका अनुसार ‘जिल्लामा ल्याबको अभाव भएका कारण स्वाब सङ्कलन गरेर टेष्टका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनु पर्ने वाध्यता भएकाले हप्तामा दुई दिनमात्रै स्वाब सङ्कलन गरिनेछ ।

Sushmita Shah_Abadainik

हप्ताको सोमबार र बिहीबार इलाम नगरपालिका-७ मा रहेको आइसोलेसन भवनमा स्वाब सङ्कलन गरिने भएकाले लक्षण भएका व्यक्तिले परीक्षणका लागि इलाम अस्पतालको सिफारिस लिएर आइतबार र बुधबार कार्यालयमा नाम टिपाउनु पर्ने कार्यालय प्रमुख वृजकुमार दासले बताए ।

जिल्लामा तिहार पछि समुदाय स्तरमै दैनिक २० जना भन्दा बढि संक्रमित बढेता पनि जिल्लाबाहिर पठाउँदा सीमित सङ्ख्यामा मात्र परीक्षण हुने भएकाले यसो गर्नुपरेको दासले जनाए ।

जिल्लामा तिहारपछिको समयममा मात्रै आठ जनाको निधन भएको छ भने करिब २०० सङ्क्रमित थपिएका छन् ।

जिल्लामा हालसम्म २३३ जनामा कोरोना देखिएको छ । एघार कोरोना सङ्क्रमितको निधन भइसकेको छ । एक सय ६८ जना कोरोनामुक्त भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *