लिभरपुल युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश ।

मंसिर १७ गते,विराटनगर –  इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।
समूह डी अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले डच क्लब अयाक्सलाई १-० ले पराजित गरि अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।

अयाक्सलाई पराजित गर्न कर्टिस जोन्सले गरेको एकमात्र गोलनै खेलका लागि निर्णयक गोल बन्यो ।

Sushmita Shah_Abadainik
जितपछि ५ खेलबाट १२ अंकसहित लिभरपुल समूह डी को शीर्ष स्थानमा छ । समान खेलबाट ७ अंकसहित अयाक्स तेस्रो स्थानमा छ । अर्को खेलमा एफसी मिट्जिल्याण्डसँग १-१ को बराबरी खेलेको इटालियन क्लब एटलान्टाको ८ अंक छ र दोस्रो स्थानमा छ ।

अब समूहको अन्तिम खेलमा एटलान्टा र अयाक्सबी खेलमा विजयी हुने टिम लिभरपुलसँगै समूह्य डीबाट अन्तिम १६ मा पुग्नेछ ।

यस्तै समूह सी बाट इंग्लिस क्लब म्यानचेष्टर सिटीसँगै पोर्चुगिज क्लब एफसी पोर्टो पनि अन्तिम १६ मा प्रवेश गरेको छ । ।

५ खेलपछि सिटी १३ अंकहित शीर्ष स्थानमा छ भने १० अंक जोडेको पोर्टो दोस्रो स्थानमा छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *