सपना लाई नेपाल मगर संघको सम्मान ।

मंसिर १७ गते,काठमाडौं –   बिबिसीको १०० प्रेरणादायी महिलाको सूचीमा परेकी सपना रोका मगरलाई मंगलबार नेपाल मगर संघले नगदसहित सम्मान गरेको छ।

मगर संघ अमेरिकाले उनको उच्च शिक्षाको लागि १ लाख १० हजार ५ सय रूपैयाँ आर्थिक सहयोग सहित पगरी र खादा ओढाएर सम्मान गरेको हो।

Sushmita Shah_Abadainik
यस क्रममा संघका अध्यक्ष नविन रोकाले सपनालाई बधाइ दिदै ‘नेपालका सडक गल्लीमा हजारौं बालबालिका वेवारिसे छन्, दुनियाँमा बाँच्न पाउँछौ कि भन्ने भावना र तिनीहरूको जीवनमा सपना र आशा जगाउने काममा निरन्तर कदम चलिरहोस्,’ भनि शुभकामना समेत दिएका थिए ।

उक्त कार्यक्रममा सपनाले बिबिसीले आफ्नो नाम उत्कृष्ट १०० महिलाको सूचीमा प्रकाशित गरेसँगै देश विदेशमा रहेका सम्पूर्ण नेपालीबाट पाएको माया र हौसलाले समाजसेवामा थप अगाडि बढ्न प्रेरणा मिलेको बताएकी थिइन्।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *