सडक दुर्घटनामा परि एकको घटनास्थलमै मृत्यु, एक घाइते ।

मंसिर १८ गते,महोत्तरी – महोत्तरीमा गए राति भएको दुर्घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको माईस्थान–गौशाला–सम्सी सडक खण्ड अन्तर्गत गौशाला नगरपालिकाको सुर्ती विकास चोकमा बुधबार राति १० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Sushmita Shah_Abadainik

तीव्र गतिमा रहेको प्रदेश २–०२–००२ प ९३५८ नम्बरको मोटरसाइकल चोकको पार्कमा ठोक्किँदा गौशाला–८ का १९ वर्षीय अमर पाचेमगरको घटनास्थलमै मृत्यु भएको र दुर्घटनामा परी गौशाला–८ कै १७ वर्षीय युवराज बलम्पाकी घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घाइते बलम्पाकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएको प्रहरीले जनाएको छ ।

उक्त सडकमा चौडाइ कम भएका कारण यसअघि पनि धेरै दुर्घटनाहरु हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *