मंसिर १८ गते,तनहुँ – नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल उद्घाटन गरेका छन् ।
बुधबार उद्घाटन गर्न गएका पौडेललाई जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पुल उद्घाटन गर्न नजान आग्रह गर्दा पनि नमानेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पौडेलले आफुलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी गराएपछि कांगे्रसका नेता तथा कार्यकर्ताहरुले प्रहरीले गरेको व्यवहारको विरोध तथा नाराबाजी समेत गरेका थिए ।
प्रहरीले पौडेललाई ३ घण्टा नियन्त्रणमा लिई छाडेको थियो ।
बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका पौडेलले प्रशासनको अवरोध विना उद्घाटन गरेका छन् ।
Comments