आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ ।

मंसिर १८ गते,गोरखा –  गोरखामा आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका-८ धन्सारका ४० वर्षीय भुवन ढकाल रहेका छन् ।  उनलाई आफ्नै ७० वर्षीय बुबा तुलाराम ढकालको हत्याको आरोपमा बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

Sushmita Shah_Abadainik

सोही स्थानको धापेस्थित खेतमा धान झाट्ने क्रममा दुई बाबुछोराबिच झगडा हुँदा भुवनले हानेको लाठीले बुवा तुलाराम गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

झगडा के बिषयमा र किन भएको थियो भन्ने सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *