बालिका बलत्कारको अभियोगी १५ वर्षीय किशोरलाई साढे १२ वर्ष जेल सजाय फैसला ।

मंसिर १८ गते,उदयपुर –   जिल्ला अदालत उदयपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पक्राउ परेका एक १५ वर्षीय किशोरलाई साढे १२ वर्ष जेल सजाय फैसला गरेको छ ।

बुधबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले कटारी नगरपालिका(५ का १५ वर्षीय किशोरलाई बालिका बलात्कारको कसुरमा १२ वर्ष छ महिनाको जेल सजाय गर्ने फैसला गरेको अदालतका तहसिलदार राजकुमार आचार्यले बताए ।
उनी संगै संलग्न अर्का ११ वर्षीय बालकलाई भने सजाय मुक्त गरेको पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।

Sushmita Shah_Abadainik

जेल सजाय पाएका किशोरलाई बालक भएका कारण १८ वर्ष हुँदासम्म विराटनगरस्थित सुधारगृहमा राख्ने र त्यसपछि कारागार पठाउने तयारी गरिएको पनि अदालतका सूचना अधिकारी तथा तहसिलदार आचार्यले बताए ।

विसं २०७६ सालको चैत ६ गते दुवैले स्थानीय छिमेकी ४ बर्षिय बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा दुवैलाई पक्राउ गरि अनुसन्धानका लागि बाल सुधार गृहमा राखेर बलात्कारसम्बन्धी मुद्दा चलाएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *