गाैरीगंजमा ८८ जनाकाे पीसीआर रिपाेर्ट नेगेटिभ, ३० जनाकाे आउन बाँकी

गाैरीगंज । गाैरीगंज गाउँपालिकाले स्थापना गरेकाे  क्वारेन्टाइनमा रहेका ८८ जनाकाे पीसीआर रिपाेर्ट नेगेटिभ आएकाे छ ।

गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रका अनुसार ८८ जनाकाे थ्राेट र नाेजल स्वावकाे नमुना संकलन गरि पीसीअार टेष्टका लागि विराटनगर स्थित काेशी अञ्चल अस्पताल पठाएकाे थियाे ।
गाैरीगंज क्याम्पसमा रहेका ५५ जना र प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीमा रहेका ३३ जनाकाे रिपोर्ट नेगेटिभ आएकाे छ ।

नेगेटिभ रिपाेर्ट आएका ८८ जनालाई आजै घर पठाईने जनाईएकाे छ ।
त्यसैगरी थप ३० जनाकाे थ्राेट स्वाब काे नमुना संकलन गरि पीसीआर टेष्टका लागि धरान पठाईएकाे स्वास्थ प्रमुख मिश्रले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *