राजतन्त्रको पुनर्वहालीका लागि वीरेन्द्रनगरमा पनि प्रदर्शन ।

मंसिर १८ गते,सुर्खेत  –  राजतन्त्रको पुनर्वहालीका लागि प्रर्दशनहरु भइरहेका बेला बिहीबार वीरेन्द्रनगरमा पनि राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको छ ।

Sushmita Shah_Abadainik

हिन्दु राष्ट्र राज संस्था पुर्नस्थापना संघर्ष समिति सुर्खेतको अगुवाईमा भएको प्रदर्शनमा वीरेन्द्रनगरको कालिनचौकबाट सुरु मोटरसाइकल र्‍याली बजार परिक्रमा गर्दै पिपल चौतारामा पुगेर सभामा परिणत भएको थियो ।
प्रर्दशनका सहभागीले पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर अंकित प्लेकार्ड बोक्नुका साथै ‘राजा आऊ, देश बचाऊ’, ‘गणतन्त्र चाहिँदैन, देश बेच्न पाइँदैन’ जस्ता नारा पनि लगाएका थिए ।

सहभागीहरुले राजतन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापनाको माग समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *