बारामा मापदण्ड विपरित सञ्चालित ६ वटा औषधी पसल बन्द ।

मंसिर १९ गते,बारा –  बाराको महागढीमाई नगरपालिकाको बरियारपुर बजारमा मापदण्ड विपरित सञ्चालित ६ वटा औषधी पसल तथा क्लिनिक बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बारा, औषधी व्यवस्था विभागको वीरगञ्जस्थित कार्यालय र बरियारपुर प्रहरी चौकीको संयुक्त टोलीले बिहीबार बरियारपुर बजारमा गरेको अनुगमनका क्रममा औषधी बिक्रीवितरण तथा स्वास्थ्य सेवा सञ्चालन ऐन नियमहरुविपरित खोलिएकाले ६ वटा औषधी पसल तथा क्लिनिक बन्द गरिएको औषधी व्यवस्था विभागको वीरगञ्ज कार्यालयले जनाएको छ ।
Sushmita Shah_Abadainik
बन्द हुनेमा प्राथमिक स्वास्थ्य सेवा क्लिनिक, गोविन्द हेल्थ क्लिनिक, कुशवाह भेट फर्मा, सपना स्वास्थ्य क्लिनिक, तरुण भेट फर्मा र ठाकुर सर्जीकल रहेका छन् ।

अनुगमनका क्रममा ती औषधी पसल तथा क्लिनिकहरुमध्ये कतिपयले नेपालमा प्रतिबन्धित औषधी राखेर बिक्री गर्ने गरेको, औषधी व्यवस्था दर्ता नभएको, सिएमए, एचएहरुले औषधी पसल सञ्चालन गरेको र म्याद गुज्रेका औषधी फेला परेको औषधी निरीक्षक दिपेन्द्र कुमार साहले बताए ।

‘उनीहरुलाई कागजात प्रमाणहरु लिएर वीरगञ्ज कार्यालयमा आउन निर्देशन दिएको र उनीहरुको कागजपत्र अनुसार कारबाही प्रक्रिया अघि बढाइने निरिक्षक साहले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *