मंसिर १९ गते,काठमाडौं – कोरोनाभाइरसबाट सङ्क्रमित भएर अमेरिकामा एकै दिनमा अहिलेसम्मकै धरैको मृत्यु भएको छ ।
एजेन्सीको जानकारीअनुसार अमेरिकामा गत बुधबार मात्र तीन हजार १ सय ५७ जनाको मृत्यु भएको छ । जुन एकैदिन मृत्यु भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै हो ।
यसअघि गत अप्रिल १५ मा एकैदिन दुई हजार ६ सय ३ जनाको मृत्यु भएको थियो ।
अमेरिकामा कोरोनाका कारण अहिलेसम्म दुई लाख ७३ हजार ८ सय ३६ जनाको मृत्यु भएको छ भने एक करोड ३९ लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।
Comments