पत्रकारमाथि कुटपिट गर्ने दमक मालपोतका कर्मचारी पक्राउ ।

मंसिर १९ गते,झापा –  झापामा पत्रकार खगेन्द्र घिमिरेमाथि कुटपिटमा संलग्न मालपोत कार्यालय, दमकका कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खरिदार इन्द्र राजवंशी छन् ।

पीडित पत्रकारले दिएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय, दमकले उनलाई पक्राउ गरेको हो । पीडित पत्रकार घिमिरेका अनुसार जाहेरी दिइएका मध्ये मुख्य आरोपी समातिएका छन् अन्य व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छैन ।

Sushmita Shah_Abadainik

यसअघि जग्गा रोक्का गर्न जाँदा मालपोतका कर्मचारी राजवंशीले आनाकानी गरेर घुस मागेको खबर आएपछि माउन्टेन टिभी एवं अनुसन्धान अनलाइनमा कार्यरत उनी भिडियो खिच्न पुगेका थिए । त्यसक्रममा ५ हजार रुपैयाँ घुस सेवाग्राहीले राजवंशीलाई बुझाएका थिए । त्यसको भिडियो खिच्दा पत्रकार घिमिरे कुटिएका थिए ।

घिमिरेका अनुसार सुरुमा खरिदार राजवंशीले सेवाग्राहीलाई २० हजार रुपैयाँ मागेका थिए भने अन्त्यमा ५ हजार रुपैयाँमा काम गरिदिने बताएका थिए । भिडियो खिचेको थाहा पाएपछि आत्तिएका राजवंशीले अन्य कर्मचारी र लेखापढी गर्ने व्यवसायीलाई बोलाएर आफूमाथि कुटपिट गरेको घिमिरेले बताए ।

पत्रकार महासंघ झापा शाखाले प्रेस विज्ञप्ति निकाल्दै पत्रकार कुटपिट प्रकरणका दोषीलाई तत्काल कारबाही गर्न माग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *