मंसिर २१ गते,विराटनगर – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेश हुने भएको छ ।
नेकपा सचिवालयको हिजो शनिबार बसेको बैठकले पूर्वनिर्धारित आज आइतबार १ बजे स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको छ ।
अहिलेसम्म सचिवालयमा पेश भएका प्रस्तावहरुमाथि सार्थक छलफल गरि ‘पार्टीको संकट र त्यसको निवारणबारे स्थायी कमिटीमा छलफल गरिने सचिवालय प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
सचिवालयको बैठक अगाडि दुई अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता हुनुका साथै नेकपा स्थायी कमिटीका सदस्यहरुलाई औपचारिक जानकारी समेत पठाइसकिएको छ ।
Comments