गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न ।

मंसिर २१ गते,विराटनगर – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशमा सञ्चालित २२ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले सम्पन्न हुने बताएका छन् ।

Sushmita Shah_Abadainik

९३ प्रतिशत काम सकिएको र अब पाँच प्रतिशत उपकरण जडान र दुई प्रतिशत लाइट फिनिसिङका काम मात्र बाँकी छन् । कोभिड १९ का कारण चिनियाँ ३५ र थाई ३० जना प्राविधिक आउन नसक्दा काम प्रभावित भएको हो ।

मन्त्री भट्टराईले नयाँ वर्ष मनाउन गएका तर कोभिडका कारण उतै रोकिएका चिनियाँ प्राविधिकले कोभिड विरुद्धको पहिलो खोप लगाइसकेको र खोपको कोटा पूरा गरेलगत्तै चिनियाँ प्राविधिकहरू छिट्टै आउने टुङ्गो लागेको जनाउँदै थाई प्राविधिकहरू पनि चाँडै आउने आशा व्यक्त गरेका छन् । ।
विमानस्थल निर्माणको अन्तिम म्याद सकिन २५ दिन मात्र बाँकी रहँदा मन्त्री भट्टराईले ती दिनलाई भरपुर सदुपयोग गर्न आयोजनाका अधिकारीहरूलाई निर्देशन समेत दिएका छन् ।

भट्टराईले गौतमबुद्ध विमानस्थलमा थुप्रै देशका अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले उडानका लागि चासो देखाएकोले यो एकदम प्रशंसनिय कार्य भएको भन्दै प्रशंसा समेत थिए  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *