उद्योगी मुकेश राठीले गरेको सेटिङको भरमा ट्रान्स नेपाल कब्जा

विराटनगर : मिलेमतोको साहरामा चलेको बिराटनगरको आइसिपीमा ट्रान्स नेपालका संञ्चालक मुकेश राठीले गरेको सेटिङको भरमा चल्ने गरेको तथ्य सार्वजनी भएसंगै उद्योगी मुकेश राठी बिवादमा तानिएका छन् । ट्रान्स नेपालले आईसीपीको गोदाममा सामान राखेबापत उद्योगी, व्यापारी तथा भन्सार एजेन्टहरूसँग दैनिक ५ देखि ७ लाखसम्म असुली गर्ने र उठेको रकम मासिक रुपमा विराटनगर भन्सारमा रहेको ट्रान्स नेपालको अपरेसन म्यानेजरका रूपमा कार्यरत आईसीपी प्रमुख गणेश घिमिरेदेखि ट्रान्स नेपालकै अधिकृत र प्रशासनसम्मलाई मोटो रकम कमिसनबापत दिने गरेका हुन् । यसरी असुल गरिएको रकम मासिकरूपमा तीन अर्बको हाराहारीमा हुने भएका कारण कमिसन बितरण गर्न कुनै समस्या हुँदैन त्यसैले यतिबेला आइसिपी समेत ट्रान्सनेपालको कब्जामा परेको छ ।

करिब एक सय ६० करोड लगानीमा निर्माण भएको बिराटनगर बुधनगरको ९एकीकृत भन्सार जाँच चौकी ) आईसीपीमा ट्रान्स नेपाल ले कब्जा गरेको हो । भन्सार एजेन्टको मिलेमतोमा धमाधम आफना निकटका केही एजेन्टलाई मात्र कार्यालय सञ्चालनका नाममा डिस्पेन्सरी समेत भाडा लगाएको पाइएको छ ।

भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माण सम्पन्न भएको उक्त आइसिपी गत आर्थिक वर्षको मंसिरदेखि मात्र सञ्चालनमा आएको थियो । तर, पुरानो भन्सारको गोदामदेखि भन्सार याडसमेत भाडा पाएको ट्रान्स नेपाल नामको कम्पनीबाट भर्खरै सञ्चालनमा आएको आईसीपीबाट अनधिकृतरूपमा भाडा असुली गरेकोमा भन्सार एजेन्टदेखि भन्सार प्रतिनिधि समेतको व्यापक विरोध सुरु हुँदाहुँदै पछिल्लो समय कब्जा जमाएर बसेको ट्रान्स नेपाल कम्पनीले आईसीपीमा निर्माणाधीन रहेको डिस्पेन्सरी समेत भाडामा दिएपछि बिबाद सुरु भएको छ । विराटनगर भन्सारको आईसीपीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको इन्टरमोडलले अहिलेसम्म कसैलाई पनि विधिवत भाडा दिएको छैन ।

केही दिनअघि मात्र ट्रान्स नेपालले भन्सार आईसीपीमा मिती नै उल्लेख नगरिकन डिस्पेन्सरीदेखि अफिस सञ्चालनका लागि भाडामा दिने भन्दै दुई दिनको अवधि दिएर सार्वजनिक सुचना भन्सार परिसरमा टाँस गरेपछि अहिले विराटनगर भन्सारको आईसीपीमा उद्योगी राठीको अनधीकृत आईसीपी कब्जाको विषयमा प्रश्न समेत उठेको छ । यती मोटो रकम ट्रान्स नेपालका नाममा सञ्चालक राठीबाट चलखेल हुँदा समेत भन्सार विभागदेखि अर्थ मन्त्रालय र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसम्म सरकारी राजस्व असुली गर्नेतर्फ किन उदासीन छ भन्ने प्रश्न पछिल्लो समय उठ्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *