‘कानेपोखरीमा सवारी दुर्घटना हुँदा सातजना घाइते,एकको अवश्था गम्भिर ।

मंसिर २२ गते,विराटनगर  – पूर्वपश्चिम लोकमार्गको मोरङ कानेपोखरी खण्डमा सवारी दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।

आज सोमबार बिहान करिब ४ बजे पश्चिमबाट पूर्व तर्फ जादै गरेको को १ च ९३४० नम्बरको सुमो कानेपोखरी गाउँपालिका– ७ लेटाङ मोडमा बिग्रीएर सडकमा रोकिराखेको ना ३ ख ५०४ नम्बरको ट्रकसँग ठोक्किदा सातजना घाइते भएका हुन् । घाइते मध्ये एकजनाको अवस्था गम्भिर रहेको छ ।

Sushmita Shah_Abadainik

दुर्घटनामा मोरङको बेलबारी नगरपालिका – ११ की १८ वर्षीय सलिना रायमाझी, १८ वर्षीय देबीमाया रायमाझी, ५० वर्षीय अम्बिका रायमाझी, ४५ वर्षीय रेजिना गौतम, २९ वर्षीय शैलेश रायमाझी, विराटनगर महानगरपालिका– ६ बस्ने ४५ वर्षीय मुना रायमाझी र ६१ दुर्गा रायमाझी घाइते भएका हुन् । घाइते मध्ये शैलेशको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रक चालक मोरङ उर्लाबारी– ६ का ५८ वर्षीय जगदिश यादब र सुमो चालक बेलबारी– १० का ३० वर्षीय खगेन्द्र कटवाललाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ ।

दुर्घटना कुहिरोका कारण भएको प्रहरीको अनुमान छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *