लोकसेवा आयोगको सर्भर ह्याक गर्ने ३ जना पक्राउ ।

मंसिर २३ गते,विराटनगर –  लोकसेवा आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

Sushmita Shah_Abadainik

लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले ललितपुरको महालक्ष्मी नगरपालिका-९ सानोगाउँका २५ वर्षका विवेक महर्जन, पोखरा महानगरपालिका छोरेपाटनका १७ वर्षका युवक र घारीपाटनका १५ वर्षका युवकलाई पक्राउ गरेको हो ।

उनीहरुले सरकारी सूचना प्रवाहको आधिकारिक विद्युतीय माध्यममा अनधिकृत पहुँच पुर्‍याई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ बमोजिमको कसूरअन्तर्गत कारवाहि अघि बढाईने साइबर ब्यूरोले जानएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *