लागुऔषध सहित ५ जना पक्राउ ।

मंसिर २४ गते,विराटनगर –  मोरङ र सुनसरीका बिभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ परेका छन् ।

मंलवार दिउँसो ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले २ जनालाई तथा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले रङगेली बसपार्कबाट मंगलवार दिउँसो साँढे ३ बजे सुनवर्सी नगरपालिका-९ का २४ बर्षीय कुन्दन सहनी र १९ बर्षीय आदर्श दासलाई लागुऔषध नाईट्राभेट १ हजार २ सय ट्याब्लेट सहित पक्राउ गरेको हो ।
Sushmita Shah_Abadainik

यसैगरी ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी-९ बाट भारतिय नागरीक ओम प्रकाश यादवलाई Tramadol Hydrochloride ८ हजार क्याप्सुल, नाईट्राभेट-१० लेखिएको लागुऔषध १ हजार ६ सय ६० क्याप्सुल र १००ml को  TLANOKOF  ३० वोतल सहित पक्राउ गरेको हो ।
यस्तै ईटहरी-१३ खनारबाट मोरङको जहदा गाउँपालिका-४ का ३७ बर्षीय उमेश कुमार मण्डललाई Tramadol ३६० क्याप्सुल र Spaspain १८८८ ट्यावलेट लागुऔषध सहित पक्राउ गरेको हो । यस्तै ईटहरी-८ का १९ बर्षीय सनम बस्नेतलाई ईटहरी-६ बाट लागुऔषध Tramadol Hydrochloride ४५०० क्याप्सुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *