मनकामना मन्दिर र केवलकार आगामी आइतवार देखि पुनः संचालनमा आउने ।

मंसिर २४ गते,विराटनगर – कोरोना माहामारीका कारण गत चैत महिनादेखि बन्द रहेको मनकामना मन्दिर र केवलकार मंसिर २८ गते देखि पुनः संचालनमा आउने भएको छ ।

मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको सरोकारवालाको बैठकले आइतबारबाट मन्दिर र मन्दिरसम्म पुग्ने केवुलकार सञ्चालन गर्ने निर्णय गरेको हो ।

संस्कृति महाशाखाको धार्मिक स्थल सञ्चालन सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि बनाएर मन्दिर सञ्चालन गरिने समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए । संस्कृति महाशाखाको मापदण्डलाई अनुशरण गर्दै मनकामना क्षेत्रलाइ कोभिड–१९ बाट सुरक्षित राख्न कार्यविधि तयार गरेको र भक्तजनहरुले पनि उक्त कार्यविधिको अनिवार्य रुपमा पालना गर्नुपर्ने गुरुङले बताए ।

हाललाई मन्दिर खुलेपनि भक्तजनहरु भित्र गएर पूजाआजा गर्न पाउने छैनन् । मन्दिर बाहिरैबाट दर्शन गर्नुपर्ने र पशुपन्छीको बलि चढाउन पनि रोक लगाइएको छ ।
Sushmita Shah_Abadainik
मन्दिर खुलेकै दिनदेखि केवुलकार पनि सञ्चालन हुने भएपछि आवश्यक मर्मत संभारको काम सुरु भएको मनकामना दर्शन प्रालिका नायव प्रवन्धक उज्वल शेरचनले बताए ।

केवलकारमा पनि स्वास्थ्य सुरक्षा मापदण्डका लागि ‘स्टाण्डर अपरेसन प्रोसिजर ९एसओपी०’ निर्माण गरिएको र केवुलकारले साविकको भन्दा आधा प्रतिशत मात्र यात्रु बोक्न पाउने नियम बनाइएको छ ।

केवुलकार चढ्नु अघि यात्रुले अनिवार्य मास्क र सेनिटाइजर लगाउनु पर्नेछ साथै मुख्य प्रवेशद्धारमा थर्मलगनबाट यात्रुहरुको ज्वरो नाप्ने व्यवस्था समेत गरिने शेरचनले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *