अबैध रुपमा भण्डारण गरिएको लत्ता कपडा बरामद ।

मंसिर २६ गते,विराटनगर  –  मोरङको बिराटनगर महानगरपालिका-७ जलजला चोक नजिकबाट ३३ लाख भन्दा बढीको अबैध रुपमा भण्डारण गरिएको लत्ता कपडा बरामद भएको छ ।

Sushmita Shah_Abadainik

भन्सार छली चोरी पैठारी गरी ल्याएर भण्डारण गरिएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले स्थानीय ब्यापारी तरुण कुमार रौनियारको गोदामबाट बिहिवार दिउँसो उक्त मुल्य बराबरको लत्ता कपडा बरामद गरेको हो ।

बरामद भएको लत्ता कपडा आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानीमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *