मंसिर २६ गते, विराटनगर – मोरङमा जबरजस्ती करणी मुद्दा पाँच लाख रुपैयाँमा मिलापत्र गराएको आरोपमा ६ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका -५ का धनेशु खवास, सुधारसिंह खवास, मागन खवास, कलकनु खवास, रंगेली नगरपालिका वडा नं. १ का जगतनारायण खवास र बेलबारी नगरपालिका वडा नं. ८ का ५३ को मथालु खवास छन् ।
उनीहरूलाई प्रहरीले बिहीबार आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
गत भदौ २४ गते मोरङको धनपालथान गाउँपालिका-५ स्थित खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका-८ का ३२ वर्षीय सुरेश खवासले २१ वर्षीय युवतीलाई बलात्कार गरेको भनि इलाका प्रहरी कार्यालय रंगेलीमा जाहेरी परेको थियो।
जाहेरी पश्चात फरार भएका खवासलाई इलाका प्रहरी कार्यालय रंगेलीले मंसिर १९ गते रंगेली नगरपालिका वडा नं। ७ बाट पक्राउ गरेको थियो। पक्राउ गरी अनुसन्धान गर्दा उक्त घटना गाउँघरमै पीडित पक्षलाई पाँच लाख दिई मिलापत्र गराइएको खुलेको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।
‘मिलापत्रको कागजसमेत बरामद भएको र ‘मिलापत्र गराउने व्यक्तिहरूलाई हिरासतमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Comments