भ्रष्टाचार मुद्दामा अख्तियारकै पूर्वप्रमुख पुर्पक्षका लागि कारागार चलान ।

मंसिर २९ गते,विराटनगर  – भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यात पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

आइतबार विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्नेतलाई आरोपित ठहर गरि थुनामा पठाउने आदेश दिएको अदालतका उपरजिस्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए ।  उनलाई आइतबार नै डिल्लीबजार कारागार चलान गरिएको छ ।
Sushmita Shah_Abadainik
बस्न्यात अख्तियारको आयुक्त हुनुअघि तत्कालिन समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव थिए । त्यही बेला उनले ललिता निवाससम्बन्धी फाइलको टिप्पणी उठाउने, सही गर्ने काम गरेका थिए ।

उनीविरुद्ध अख्तियारले ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी २०७६ माघ २२ गते मुद्दा दायर गरेको थियो ।

ललिता निवास प्रकरणमा अख्तियारले बस्नेतसहित १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो, जसमध्ये ११० जनालाई भ्रष्ट्राचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

उपरजिस्ट्रार पुष्पराज पाण्डेयका अनुसार यो मुद्दामा हालसम्म उनीहरूमध्ये ९७ जना बयानका लागि अदालतमा उपस्थित भइसकेका छन् । विशेषले पुर्पक्षका लागि थुनामा पठाएका बस्नेत दोस्रो अभियुक्त हुन् । यसअघि थुनामा गएका एक जना सर्वोच्च अदालतबाट धरौटीमा छुटिसके ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *