अबैध समान सहित संलग्न व्याक्ति पक्राउ ।

मंसिर ३० गते,विराटनगर –    मोरङको धनपालथान गाउँपालिका-४ बाट भन्सार चोरी पैठारी गरी भित्र्याईएको २ हजार ४६० केजी चिनी सहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रङ्गेली नगरपालिका-१ का २१ बर्षीय अभिषेक कुमार साह, धनपालथान गाउँपालिका-१ का १७ बर्षीय दिपक कुमार मण्डल, १८ बर्षीय अर्जुन कुमार मण्डल र १९ बर्षीय रुपेश मण्डल रहेका छन् ।

बिशेष सूचनाको आधारमा सोमवार साँझ साँढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख ४७ हजार रुपैयाँ बराबरको चिनी सहित उनीहरुलाई पक्राउ गरेको हो ।

चिनी ओसार पसार गर्न प्रयोग भएको को १८ प ५७४३, को २२ प १६४४ र को ११ प ६६५९ नम्बरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

Sushmita Shah_Abadainik
यसैगरी सुनवर्सी नगरपालिका-७ बाट अबैध रुपमा चोरी पैठारी गरी ल्याउदै गरेको अन्दाजी रू १६ लाख मुल्य बराबरको ON TEST ट्रयाक्टर बरामद भएको छ ।


प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरी टोलीले सोमवार राती ८ बजे ट्याक्टर नियन्त्रणमा लिएको हो ।
बरामद भएको चिनी तथा ट्याक्टर आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय रानीमा बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *