मंसिर ३० गते,विराटनगर – अमेरिकामा कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
बीबीसीका अनुसार न्यूयोर्कको लोन्ग आइल्याण्डकी आईसीयूमा कार्यरत नर्सलाई पहिलो खोप लगाएर अमेरिकाले खोप अभियान सुरु गरेको हो ।
अमेरिकाले फाइजर /बायोएनटेक खोप प्रयोगमा ल्याएन गत शुक्रबार अनुमति दिएसंगै खोप प्रयोगमा ल्याइएको हो । सोमबार १५० अस्पतालमा यो भ्याक्सिन लगाइएको छ । अमेरिकाले यो अभियानअन्तर्गत सन् २०२१ को अप्रिल महिनासम्म १० करोड जनामा खोप पुर्याउने लक्ष्य लिएको छ ।
फाइजर/बायोएनटेक खोप अमेरिकाको एक ठूलो औषधि कम्पनी र जर्मन बायोटेक्नोलोजी कम्पनीका बीच आपसी समझदारीमा तयार पारिएको थियो । यो खोप ९५ प्रतिशत सुरक्षित रहेको बताइन्छ । ब्रिटेनमा यो खोपलाई पहिल्यै अनुमति दिइएको थियो ।
Comments