मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ ।

पौष १ गते,विराटनगर –   सुनसरीको इटहरी-६ बाट हराएको प्रदेश १-०५-००१ प ०२०७ नम्बरको मोटरसाईकल चोरीमा संग्लग्न रहेका २ जना चोरी भएको मोटरसाईकल सहित पक्राउ परेका छन् ।

Sushmita Shah_Abadainik
गत २८ गते ईटहरी-६ मा रहेको बर्गर हाउसमा पार्किङ गरी राखेको उक्त नम्बरको मोटरसाईकल हराएको भनी खबर प्राप्त भएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले मंगलवार राती ८ बजे ईटहरी-९ मा नम्बर प्लेट परिवर्तन गरेर कुदाईरहेको अवस्थामा मोटरसाईकल सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा झापाको डाँगिवारीका १९ बर्षीय करण भनिने नगेन्द्र चौधरी र गौरादहका २१ बर्षीय बिजय चौधरी रहेका छन् ।

उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *