पौष १ गते,विराटनगर – पाकिस्तानले बलात्कारका दोषीलाई नपुंसक बनाउने अध्यादेश जारी गरेको छ ।
नयाँ कानुनले यससम्बन्धी मुद्धामा शीघ्र सुनुवाइसँगै कडा सजायको व्यवस्था गरेको हो। नयाँ कानुनमा दोषी प्रमाणित भए रसायनिकरूपमा नपुंसकसम्म बनाउन सकिने प्रावधान राखिएको छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारले गत महिना स्वीकृति गरेको यस अध्यादेशमा मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफ अल्बीले हस्ताक्षर गरेका हुन्र्।
पाकिस्तानका प्रधानमन्त्रीले यस कानुनलाई अबको १ सय २० दिन भित्र संसदबाट पास गर्नुपर्नेछ। त्यसपछिमात्र कानुन कार्यन्वयनमा आउनेछ।
कानुन अनुसार बलात्कारसम्बन्धी मुद्धा हेर्न फास्ट ट्र्याक अदालतको गठन गरिनेछ र सो अदालतले चार महिनाभित्र आफ्नो फैसला सुनाउन सक्नेछ।
बलात्कारीलाई नपुंसक बनाउने कानुन बनाउने पाकिस्तान पहिलो मुलुक भने होइन। विश्वमा इन्डोनेशिया, पोल्यान्ड लगायतका देशले यस्तो कानुन पहिला नै बनाइसकेका छन्।
Comments