राष्ट्रिय परिचय पत्रका लागि गुल्मीका ४ स्थानीय तहमा संकलन कार्य सम्पन्न, ४३ हजार बढीको विवरण दर्ता ।

पौष २ गते ,विराटनगर – राष्ट्रिय परिचय पत्रका लागि गुल्मीमा ४३ हजार बढीको विवरण दर्ता भएको छ ।

जिल्लाका ४ स्थानीय तहमा राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्य सम्पन्न हुँदा ४३ हजार २९४ जनाको विवरण संकलन भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । जिल्ला सदरमुकाम तम्घासबाट स्थानीय तहमा राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्यलाई तीव्र पारिएको छ ।

Sushmita Shah_Abadainik

जिल्लाका गुल्मीदरवार, धुर्कोट, मदाने र छत्रकोटमा दर्ता संकलन कार्य सम्पन्न भएअनुसार गुल्मीदरवार गाउँपालिकामा ११ हजार ९०५ जनाको विवरण दर्ता संकलन गरिएको छ ।

त्यस्तै धुर्कोट गाउँपालिकामा १० हजार ७७० जना, मदाने गाउँपालिकामा ९ हजार ७८० जना,छत्रकोट गाउँपालिकामा १० हजार ८३९ जनाको विवरण दर्ता संकलन विवरण दर्ता संकलन गरिएको र जिल्लामा रहेका १२ वटा स्थानीय तहमध्ये रुरुक्षेत्र गाउँपालिकामा र मालिका गाउँपालिकामा विवरण दर्ता कार्य सुरु भएको छ । हाल मुसिकोट नगरपालिकामा कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्यलाई अगाडि बढाउन ६० जनादर्ता संकलकमार्फत टोली खटाइएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

राष्ट्रिय परिचय पत्रले नागरीकलाई राज्यबाट हुने सेवा सुविधा सहज रुपमा प्राप्तगर्नका लागि प्रयोग गरीने आधारभूत पहिचान भएको परिचय पत्र हो । परिचय पत्रले नागरिकका सेवा सुविधासहित अपराध नियन्त्रण गर्न यो परिचय पत्र महत्वपूर्ण रहने छ । परिचय विवरण दर्ता संकलन गर्न नागरिता, बसाइ सराइ गरेको हकमा बसाइ सराइको सक्कल कागजपत्र चाहिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *