दश महिना पछि काठमाडौं-दिल्ली नियमित हवाई उडान शुरु ।

पौष २ गते ,काठमाडौं – गत चैत्र देखि बन्द रहेको काठमाडौं दिल्ली नियमित हवाई उडान आजबाट पुनः सूचारु भएको छ ।

बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) का कारण हवाई क्षेत्र पनि प्रभावित भएको थियो । तथापि सरकारले गत चैत्र ११ गते देखि सम्पुर्ण हवाई क्षेत्र माथि प्रतिवन्ध लगाएको थियो । सरकारले अन्य रुटमा हवाई उडान नियमित रुपमा संचालन गरेपनि काठमाडौंबाट दिल्लीका लागि रुट बन्द नै थियो । उक्त रुटमा आज नेपाल एयरलाइन्सको जहाजले पहिलो उडान गरेको हो ।

Sushmita Shah_Abadainik
ए–३२० जहाज सवा ११ः२० बजे दिल्लीका लागि प्रस्थान गरेको नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।   नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट दैनिक एक जहाज दिल्ली जाने छ । सो जहाजले दिल्लीबाट यात्रुलाई काठमाडौं ल्याउने छ । भारतले एयर ट्रान्सपोर्ट बबल स्कीममार्फत हवाई उडान खुकुलो बनाएको छ ।

नेपाल र भारतबीच दैनिक एकरएक वायुसेवाबाट उडान गर्ने सहमति अनुसार भारतबाट एयर इण्डियाले नेपालमा उडान गर्नेछ ।  दुवै तर्फका उडानमा यात्रुले स्वास्थ्य सम्बन्धी तोकिएका मापदण्ड पुरा गर्नुपर्ने छ । भारत जाँदा अधिकतम ७२ घण्टा भित्रको पिसिआर रिर्पोट अनिवार्य गरिएको छ । भारतबाट नेपाल आउने यात्रुले अनलाइन फारम भरी आवश्यक कागजात पेश गरेपछि नेपाल आउने अनुमति पाउने छन् । नेपाल र भारतबीच आवतजावतमा भिसा भने अनिवार्य छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *