पुष ३ गते,सप्तरी – सप्तरीमा विद्युत सर्ट भएर गोठमा आगलागी हुँदा एकजना वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सदरमुकाम राजविराज-१६ बोरिया निवासी ८५ वर्षीय झलाही यादव रहेका छन् । बिहान ४ बजेतिर उनी गोठमा सुतिरहेको बे्ला विद्युत सर्ट भई एक्कासी आगलागी हुँदा उनको आगोमा जलेर घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ ।
आगलागीबाट १ लाख रुपैयाँ बराबरको धनमाल समेत जलेर नष्ट भएको छ । आगोलाई स्थानीयबासी, प्रहरी र दमकलले नियन्त्रणमा लिएको थियो ।
Comments