साढे २३ किलो सुनका धनि फेला नपरेपछि प्रहरीले राजश्व अनुसन्धान विभागमा बुझायो ।

पुष ३ गते,विराटनगर –  प्रहरीले वीरगञ्ज महानगरपालिका–५, रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट बरामद गरेको साढे २३ किलो सुनका धनि फेला पार्न सकेको छैन ।
सुन कस्को हो भन्ने पत्ता नलागेपछि पछि प्रहरीले राजश्व अनुसन्धान विभागको पथ्लैयास्थित कार्यालयमा बरामद सुन, चाँदीसहितका गरगहना बुझाएको छ ।

विभागले सुनलाई लिलाम बिक्री गर्ने तयारी गरेको छ । बिक्रीबाट आएको रकम राज्यकोषमा जम्मा हुनेछ ।

Sushmita Shah_Abadainik

जिल्ला प्रहरी कार्यालय, पर्सा र इलाका प्रहरी कार्यालय, विर्ताको संयुक्त टोलीले १ मंसिरमा छापा हानेर २२ केजी ५७६ ग्राम सुनका बिस्कुटहरु, ५७६ ग्राम सुनका गरगहना र दुई केजी २ सय ६२ ग्राम चाँदीको गहना तथा भाडाकुडा बरामद गरेको थियो ।

त्यसवेला प्रहरीले पत्रकार सम्मेलन गरेर लामो समयदेखि सुन त्यहाँ राखिएको हुनसक्ने देखिएको बताएको थियो । प्रहरीले दुई दिनसम्म रेकी गरेर गरेको सर्च अपरेशनका क्रममा मक्किएको दराजमाथि सुन बरामद भएको थियो । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *