पौष ५ गते,विराटनगर – मोरङको बिराटनगर महानगरपालिका-१५ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा नगरपालिकाका १९ बर्षीय रिजन राईलाई शनिवार दिउँसो लागुऔषध सहित पक्राउ गरेको हो ।
निजको साथबाट प्रहरीले DIAZELAB-९ एम्पुल ,AVIL-६ एम्पुल र LUPIGESIC-१० एम्पुल बरामद गरेको थियो ।
पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
Comments