नेपाली कांग्रेसको सर्वदलीय बैठक आज बस्दै ।

पौष ६ गते,विराटनगर– प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको सर्वदलीय बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि राजनीतिक अवस्थाबारे छलफल गर्न आज दिउँसो चार बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए ।

Sushmita Shah_Abadainik
बैठकमा ओलीको यस कदमको कसरी सामना गर्ने भन्ने विषयमा छलफल हुने छ ।

संसद भंग गर्ने र आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने ओलीको कदमको कांग्रेसका नेताहरूले विरोध गर्दै अब सशक्त प्रतिरोध गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *