टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेका युवकको मृत्यु ।

पौष ६ गते,दाङ –  दाङमा टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेर घाइते भएका युवकको मृत्यु भएको छ।

Sushmita Shah_Abadainik

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका २४ वर्षीय रमेश थापा टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट अचानक खस्दा गम्भिर घाईते भएका थिए । गम्भीर घाईते भएका उनको कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

शनिबार दिउँसो करिब २ बजे बबई गाउँपालिका वडा नम्बर ५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा थापा खसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *