कोरोना भाइरसको अवस्था प्रदेश १मा कस्तो छ बिवरण सहित

उदयपुरको त्रियुगा नगरपालिकाकाे भुल्केकाे मस्जिदमा रहेका १२ जनामा काेराेना संक्रमण देखिएपछि  उक्त मस्जिद रहेकाे वस्तीका ६९ जनाकाे स्वाब संकलन गरिएको छ । उक्त स्वाब काेशी अञ्चल अस्पताल विराटनगरमा ल्याएर परीक्षण गर्ने कार्यक्रम रहेकाे । मुस्लिम समुदायको अधिक बाहुल्यता रहेकाे साे वस्तीका अन्य व्यक्तिको पनि स्वाब संकलन गरी परीक्षण हुनेछ । सुनसरीको हरिनगर गाउपालिकाकाे गाैतमपुरका एक युवाकाे Rapid Diagnostics Test गर्दा रिपोर्ट Positive अाएकाे छ । उनलाई स्वाब परीक्षणका लागि वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकाे छ ।

प्रदेश नम्बर १ का विभिन्न अस्पतालहरूमा Isolation मा रहेकाे संख्या : २२ जना , Quarantine मा रहेका व्यक्तिकाे संख्या :- ६०६ जना , सबैकाे स्वास्थ्य स्थिति सामान्य रहेकाे , सुरक्षा, प्रशासन तथा स्वास्थ्य निकायकाे निगरानीमा Home Quarantine मा रहेकाे संख्या : ४,०९४ जना ,प्रदेश नम्बर १ मा विभिन्न २५३ स्थानमा रहेकाे क्वारेन्टाइनमा ४,४५० वटा वेड रहेकाे छ । यसलाई निरन्तर विस्तार गर्ने काम भइरहेकाे देखिन्छ ।

प्रदेश १ मा रहेका १४ वटा जिल्लाकाे विभिन्न ५३ अस्पतालहरूमा काेराेना भाइरस संक्रमित तथा शंकास्पद बिरामीहरूका लागि Isolation का लागि ४४९ वटा Bed तयार गरिएकाे छ । यसलाई विस्तार गर्ने काम पनि भइरहेकाे देखिन्छ प्रदेश नम्बर १ मा काेराेना संक्रमित तथा यही क्रममा गम्भीर भएका बिरामीहरूका लागि विभिन्न ४ वटा अस्पतालमा ४४ वटा ICU Bed तयार छ र अहिलेसम्म प्रदेश १ मा काेही पनि ICU मा बस्नु परेकाे छ‌ैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *