बागलुङमा बेवारिसे अवश्थामा १३ थान भरुवा बन्दुक बरामद ।

पौष ६ गते,विराटनगर –  बागलुङमा प्रहरीले १३ थान भरुवा बन्दुक बरामद गरेको छ ।

जिल्लाका विभिन्न स्थानबाट आइतबार दिउँसो भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।

Sushmita Shah_Abadainik

प्रहरीका अनुसार बढिगाड गाउँपालिका-१ टुनडाँडास्थित स्यानडाँडा सामुदायिक बनको पैयुको रूखमुनी बेवारिसे रूपमा लुकाई राखेको अवस्थामा ८ थान, सोही गाउँपालिका-३ सिसाखानीस्थित लग्दी खोलाको किनारमा बेवारिसे अवस्थामा २ थान र गलकोट नगरपालिका-९ रिस्तिस्थित कार्तिकेको जंगलमा ३ थान भरुवा बन्दुक फेला परेका हुन् ।

यसरी बेवारिसे अवस्थामा फेला परेका भरुवा बन्दुक किन र कसले राखेको हो  भनि स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *