काठमाडौं : सरकारले कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि बजेट विनियोजन गरेको छ ।
कोरोनाका कारण विदेशमा रोजगारी गुमाएका, भिसा अवधी सकिएका, विदेशमा अलपत्र परेका नागरिकहरुलाई स्वदेश फर्काउनका लागि आवश्यक रकम विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
Comments