बसको ठक्करबाट पैदल यात्रीको मृत्यु ।

पौष १० गते,विराटनगर – धनकुटा नगरपालिका -९, रुद्रबारी पाँखा टोल बस्ने ५० बर्षीया गुणमाया राईको बसको ठक्करबाट मृत्यु भएको छ ।
Sushmita Shah_Abadainik

बिहिवार बिहान ८ बजे धनकुटा- ७ जिरो प्वाईन्ट स्थितमा को १ ख ४०७४ नम्बरको बसले पैदल यात्री गुणमायालाई ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

ठक्कर दिने बस र बस चालक ३१ बर्षीय नविन लिम्बु नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *