मिनि ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु ।

पौष ११ गते,विराटनगर –  सुनसरी दुहबी-१२ स्थितमा बस्ने ५२ बर्षीय रामफल माझीको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ ।

Sushmita Shah_Abadainik

शुक्रबार बेलुका सवा ६ बजे बिराटनगर-४ कंचनबारी स्थितमा को १ क २८७८ नम्बरको मिनि ट्रकले को ३१ प २३ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक माझी गम्भिर घाईते भएका थिए ।

घाईते माझीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा बेलुका साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक मोरङ बुढीगंगाका ३८ बर्षीय प्रेम न्यौपाने नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *